Rule 137
पाँच वर्षसम्म तलब बृद्धि वा दुई वर्षसम्म बढुवा रोक्का गर्ने
देहायको अवस्थामा शिक्षकलाई पाँच वर्षसम्म तलब बृद्धि वा दुई वर्षसम्म बढुवा रोक्का गर्न सकिनेछः–
(क) अनुशासनहीन काम गरेमा,
(ख) बराबर विद्यालयको समय पालन नगरेमा,
(ग) आचरण सम्बन्धी नियम उल्लंघन गरेमा,
(ग१) कार्य क्षमताको अभाव भएमा,
(घ) खटाइएको तालीम वा प्रशिक्षणमा भाग लिन नगएमा,
(ङ) प्रधानाध्यापकले तालीम वा प्रशिक्षणमा छनौट भएका शिक्षकलाई सहभागी हुन नपठाएमा ।